शिक्षकहरू १७ दिनदेखि सडकमा

 वैशाख ५, २०८२ शुक्रबार १५:१२:१४ | उज्यालो सहकर्मी
unn.prixa.net

फाइल तस्वीर

काठमाण्डाै – शिक्षकहरूले आज पनि आन्दोलनलाई निरन्तरता दिएका छन् । विद्यालय शिक्षा विधेयक यथाशक्य छिटो पारित गर्न माग गर्दै शिक्षकहरूले काठमाण्डौमा गरिरहेको आन्दोलनको आज १७औं दिन भइसकेको छ ।

शिक्षकहरू आज पनि माइतीघर मण्डलामा भेला भएर बानेश्वर पुगेका छन् । उनीहरूको प्रदर्शनका कारण माइतीघर–बानेश्वर क्षेत्रमा यातायात प्रभावित भएको छ ।

शिक्षकहरूकाे आन्दोलनका कारण एसईईको उत्तरपुस्तिका जाँच, यही वैशाख ११ गतेदेखिको कक्षा १२ को परीक्षा, नयाँ शैक्षिक सत्रका लागि विद्यार्थी भर्ना अभियान लगायतका शैक्षिक कार्यक्रम प्रभावित भएका छन् ।

नेपाल शिक्षक महासङ्घले विद्यालय शिक्षा ऐन जारी नहुँदासम्म कुनै प्रकारका शैक्षिक गतिविधि र परीक्षामा सहभागी नहुने बताउँदै आएको छ । महासङ्घको नेतृत्वमा शिक्षकहरूले आफ्नो पेशागत हकहितका लागि शिक्षा विधेयकलाई ऐनका रूपमा चाँडो पारित गरियोस् भन्ने मागसहित सबै शैक्षिक कार्यक्रम बहिष्कार गरी आन्दोलन गरिरहेका छन् ।

अन्तिम अपडेट: बैशाख ६, २०८२

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया