खाडीको गर्मीमा पसिनामा पौडी खेल्ने युवाको आँसुको व्याख्या गर्ने सरकार खोज्दै छु

 फागुन १९, २०७८ बिहिबार १३:१८:३७ | मेरो कथा मेरो भोगाई

गगन विष्ट/हाल, कुवेत सिटी ।

एउटा किसान हुँ मेरो बिउको

व्याख्या गर्ने सरकार खोज्दै छु,

अनि  

बेरोजगारीले थला परि खाडीको तापक्रमसँग 

भिड्दै आफू र आफ्नो देशको छाक टार्न

पसिनामा पौडी खेल्ने युवाहरूको पसिना र आँसुको 

व्याख्या गर्ने सरकार खोज्दै छु

र 

खोज्दै छन्,म जस्तै

कयौँ युवाहरू

आफ्नै कर्मको व्याख्या गर्ने सरकार खोज्दै छन्,

त्यसपछि

कर्णाली पारिका अँध्यारा बस्तिहरूको

बलत्कार गरी मारिएका छोरीहरूको  चित्कारको

दाइजो माग्न लिप्त भएको समाजको

छाउ गोठमा मृत्यु कुरिरहेका चेलीहरूको

जिन्दगीलाई तुइनमा झुन्ड्याइरहने महाकालीहरूको

व्याख्या गर्ने सरकार खोज्दै छु ।

र 

खोज्दै छन् 

म जस्तै कयौँ युवाहरू

आफ्नै कर्मको व्याख्या गर्ने सरकार खोज्दै छन्,

बाँकी सबै खोजी रहेका छन् 

नागरिकको भावनाको व्याख्या गर्ने 

सरकार खोजिरहेका छन् ।।

1 Comments

  • Kailash bahadur chand

    March 3, 2022, 1:50 p.m.

    म नि परदेशी हु तेहि भएर यो सबै धेरै नै राम्री बुझेको छु / धेरै खुशी लाग्यो यो पढदा, धन्यवाद /

तपाईको प्रतिक्रिया