यस्तो छ रवि लामिछानेसहित ४४ जनाविरुद्धको अभियोगपत्र (पूर्णपाठ)
पुस ८, २०८१ सोमबार
नेपालीहरुको प्रमुख श्रम गन्तव्य देश यूएईको आबुधाबीमा मोबाइल चलाउँदै गाडी हाँक्ने १ लाख भन्दा बढी चालकलाई प्रहरीले कारबाही गरेको छ ।
यो अंग्रेजी वर्षको पहिलो ६ महिनामा १ लाख ५ हजार ३ सय जनालाई यस्तो कारबाही गरेको आबुधाबी प्रहरीको भनाइलाई उद्धृत गर्दै गल्फ न्युजले लेखेको छ । मोबाइलले चालकको ध्यान भड्काउने र गाडी चलाउनमा होसियार नहुँदा सडक दुर्घटना हुने गरेको भन्दै प्रहरीले यस्तो कारबाही थालेको थियो । यस्तो गल्ती गर्ने चालकलाई ८ हजार दिर्हाम जरिबाना र सवारी चालक परिचयपत्रमा चार वटा कालो दाग लगाउने गरेकाे छ ।
यूएईमा सडक सुरक्षालाई महत्वपूर्ण रुपमा हेरिन्छ । यस्तो अपराधलाई आबुधाबी प्रहरीले नियमको गम्भीर उल्लंघनको रुपमा लिएको छ । यसरी चालकले ध्यान भड्किने किसिमका गतिविधि गरेमा, मोबाइल चलाएमा तथा हातको प्रयोग हुने कुनै पनि अन्य गतिविधि गर्नुलाई नियमको गम्भीर उल्लंघन मानेको छ ।