एक वर्षमै एक सय ९० वटाभन्दा धेरै युक्रेनी गाउँ रुसको कब्जामा
पुस ७, २०८१ आइतबार
देश छाडी यति बेला म खाडीको देश साउदीमा पसिना बगाइरहेको छु । यहाँ कुनै कुनै बेला त ५० देखि ५२ डिग्रीसम्म तापक्रम सहनुपर्छ । बाहिरको काम पर्दा त लगाएको कपडा नै भिजेको हुन्छ ।
कति बेला पसिनाले कपडा भिज्छ र सुक्छ पत्तै हुँदैन । तर सबैभन्दा गाह्रो चाहिँ पसिनाले जुत्ता भिज्दा हुन्छ । पसिनाले डुबेको मोजामा दिन कटाउन पर्दाको त यो संसारमा यस्तो पनि हुन्छ र जस्तो अनुभव हुन्छ । यो जीवनको एकदमै कष्टकर परिस्थिति हो जस्तो लाग्छ हामी परदेशीका लागि ।
चर्को घामले दिनहुँजस्तो नाकबाट रगत बग्छ । पानी जति खाए पनि यहाँको गर्मीलाई जित्न गाह्रो छ । कमाउन आएको मानिसले दैनिक १२ देखि १५ घण्टा त ड्युटी गर्नै पर्छ । काम नगरी यहाँ परदेशी भूमिमा मन पनि पर्दैन । कहिले काहीँ मानिसलाई परिस्थितिले ज्यानभन्दा धनको माया बढी लाग्ने बनाउँछ भन्थेँ हो कि जस्तो लाग्छ घरी घरी त ।
यहाँ हामी बस्ने कोठाको पनि राम्रो व्यवस्थापन छैन । खाना आफैँ पठाएर खान पर्छ । एउटै कोठामा चार जना बस्छौँ । एउटै भान्सा हो चलाउने । मान्छेको शरीर हो कहिलेकाहीँ सन्चो हुँदैन ।
बिरामी भएको बेलामा कम्पनीले राम्रोसँग हेर्दैन । त्यो सम्झँदा त दिक्क पनि लाग्छ । कम्पनीको राम्रो पक्ष भनेको तलब बैङ्क खातामा हालिदिन्छ ।
तलब नेपाल पठाउन मोबाइल एपको सुविधा छ । त्यति हो । नत्र त खाडीको देशमा गर्मीले बिजोग छ । गर्मीबाट भागेर जाने ठाउँ पनि त कहीँ छैन । जस्तो छ काम गर्नै पर्यो ।