एक वर्षमै एक सय ९० वटाभन्दा धेरै युक्रेनी गाउँ रुसको कब्जामा
पुस ७, २०८१ आइतबार
काठमाण्डौ – श्रमिकका गुनासो सुन्न श्रम मन्त्री शेरबहादुर कुँवरले श्रमिकसँग श्रम मन्त्री कार्यक्रम सञ्चालन गर्नुहुने भएको छ ।
श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालय र मन्त्रालय मातहतका निकायबाट प्रदान गरिने सेवा सुविधाका सन्दर्भमा जानकारी, उजुरी, गुनासो लगायतका विषयमा प्रत्यक्ष रूपमा साक्षात्कार गर्ने उद्देश्यले यो कार्यक्रम सञ्चालन गर्न लागिएको श्रम मन्त्रालयले जनाएको छ ।
मन्त्री कुँवरले प्रत्येक आइतबार बिहान ११ बजेदेखि १२ बजेसम्म एक घण्टा श्रमिकसँग श्रम मन्त्री कार्यक्रम सञ्चालन हुने छ । यो कार्यक्रममा श्रम मन्त्रालय र मन्त्रालय मातहतका निकायबाट प्रदान गरिने सेवा सुविधाका सन्दर्भमा जानकारी, उजुरी, गुनासो लगायतका विषयमा मन्त्री आफैँले श्रमिकका कुरा सुन्ने मन्त्रालयले उल्लेख गरेको छ ।
कार्यक्रममा सहभागी हुन चाहनेहरूले निःशुल्क रूपमा ११४१ र १६६००१५००५ नम्बरमा, विदेशबाट सशुल्क ००९७७१५९७००८ नम्बरमा र भाइबारमार्फत ००९७७९८०१८०००१३ नम्बरमा सम्पर्क गर्न सकिन्छ । श्रम मन्त्री उपत्यका बाहिर भएको अवस्था बाहेक प्रत्येक हप्ता यो कार्यक्रम सञ्चालन हुनेछ ।