दुबईमा काम गर्ने नेपाली युवालाई ३५ करोडको चिट्ठा

 असोज ६, २०७९ बिहिबार ८:२९:४ | एजेन्सी
unn.prixa.net

तस्बिर : गल्फ न्युज

काठमाण्डाै - दुबईमा काम गर्ने नेपालका एक युवाले एक करोड दिराम अर्थात झण्डै ३५ करोड नेपाली रुपैयाँ बराबरको चिट्ठा जितेका छन् ।

केही वर्षदेखि दुबईमा बसेर कार सफा गर्ने काम गर्दै आएका गुल्मीका ३१ वर्षीय भरत विश्वकर्माले यूएईको चर्चित मजुज चिट्ठामा १ करोड दिराम जित्नुभएको हो ।

यो चिट्ठा जित्ने भरत पहिलो नेपाली रहेका गल्फ न्युजले जनाएको छ । उहाँले त्यहाँ मासिक १३ सय रुपैयाँ दिराम आम्दानी गर्नुहुन्छ । विश्वकर्मा सबैभन्दा कम कमाउने विजेतामध्येका एक रहेका पनि गल्फ न्युजले जनाएको छ । 

भरतले चिट्ठाबाट प्राप्त पैसाले ऋण तिर्ने र परिवारका लागि राम्रो बन्दोबस्तीको व्यवस्था गर्ने प्रतिक्रिया दिनुभएको छ । यूएईको दी नेशनल न्युजसँगको कुराकानीमा भरतले चिट्ठा जिते पनि कार धुने काम नछाड्ने बताउनुभएको छ। 

3 Comments

तपाईको प्रतिक्रिया