मलेसियामा वैधानिक हुने आशामा कसैको प्रलोभनमा नपर्न दूतावासको आग्रह

 कात्तिक २७, २०७९ आइतबार १३:४५:४७ | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाण्डौ – के तपाईं मलेसियामा अवैधानिक भएर बस्नुभएको छ ? यदि त्यसरी बस्नुभएको छ र कसैले तपाईंलाई वैधानिक बनाइदिन्छु भन्दै प्रलोभनमा पार्न खाजिरहेको छ भने सचेत हुनुहोला ।

मलेसियामा रहेको नेपाली दूतावासले त्यस्तो प्रलोभनमा नपर्न सूचित गरेको छ । मलेसियाले यसरी अवैधानिक भएर बसेका विदेशी नागरिकलाई वैधानिक बनाउने ‘रिक्यालिब्रेशन’ कार्यक्रम गएको जुन महिनामा सकिसकेको छ । त्यसैले अहिले त्यस्तो कुनै कार्यक्रम पनि नभएको र अवैधानिक भएकाहरुले जरिबाना अथवा कैद सजाय भोगेर मात्र आफ्नो देश फर्किन पाउने भएकाले त्यस्ता अनधिकृत व्यक्तिको विश्वासमा नपर्न दूतावासले सूचित गरेको हो ।

दूतावासले मलेसियामा काेही नेपाली श्रमिक अवैधानिक अवस्थामा भए र सहयोग चाहिए दूतावासमा सम्पर्क गर्न पनि आग्रह गरेको छ । दूतावासको फोन नम्बर ०३२०२०१८९८,०३२०२०१९०१ र हटलाइन नम्बर ०१६२४७२७७७ मा सम्पर्क गर्न सकिन्छ । यस्तै कार्यालयको ई-मेल  मार्फत पनि सम्पर्क गर्न सकिने दूतावासले जनाएको छ ।

तपाईको प्रतिक्रिया