एक वर्षमै एक सय ९० वटाभन्दा धेरै युक्रेनी गाउँ रुसको कब्जामा
पुस ७, २०८१ आइतबार
काठमाण्डाै - मलेसियामा बन्धक बनाइएका १३ जना नेपाली नागरिकको उद्धार भएको छ ।
उद्धार भएकामध्ये ६ जना भोलि मङ्गलवार स्वदेश फर्किने भएका छन् । नेपालबाट मलेसिया गएका नेपालीहरु समस्यामा परेको गुनासो प्राप्त भएपछि सोमवार बिहान प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले बन्धक बनाइएका र अन्य समस्यामा परेका नेपालीहरुको अवस्था बुझी तत्काल रिहाइ तथा उद्धारको पहल गर्न मुख्यसचिव शंकरदास बैरागीलाई निर्देशन दिनुभएको थियो ।
निर्देशनका आधारमा सरकारले परराष्ट्र मन्त्रालयमार्फत् मलेसियामा रहेको नेपाली राजदूतावाससँग सम्पर्क गरेको थियो । बन्धक बनाइएका नेपालीहरुको अवस्था बुझेर तत्काल उद्धारका लागि पहलपछि मलेसियाको पीआरएस फरेस्ट म्यानेजमेन्ट (PRS Forest Management) कम्पनीमा कार्यरत १३ जना नेपाली नागरिक स्वदेश फर्किने भएका हुन्।
मलेसियामा रहेको नेपाली राजदूतावासले प्रधानमन्त्री कार्यालयलाई दिएको जानकारी अनुसार, यो कम्पनीमा काम गर्न गएका १३ जना सबै श्रमिकहरुलाई म्यानपावर कम्पनीले खर्च बेहोर्ने गरी र एक नेपाली होटलमा खाने र बस्ने व्यवस्था गरिएको छ ।
दूतावासको पहलमा उनीहरुमध्ये ६ जना भोलि र आउँदो शुक्रवार ७ जना नेपाल फर्कने भएका छन् । यसैगरी मलेसियाकाे एक अन्य कम्पनीमा समस्यामा परेका २८ जना नेपाली श्रमिकहरुको समस्या हल गर्न समेत पहल भइरहेको प्रधानमन्त्रीको निजी सचिवालयले जनाएको छ ।