आवश्यक परे अमेरिकी करको बदला लिने योजना छ : ईयू प्रमुख
चैत १९, २०८१ मंगलबार
प्रश्नः म कतार गएको थिएँ। दुई महिनामा मेडिकल गर्दा अनफिट देखियो। म नेपाल फर्किदा ७५ दिन भैसकेको थियो। म्यानपावरमा कुरा गर्दा ६० दिनमा फर्किए मात्रै क्षतिपूर्ति पाइन्छ भन्छ। म के गरौ ?
उत्तरः बेनामे साथी, तपाईंको समस्या हामीले पिपुल्स फोरममा आवद्ध अधिबक्ता कृष्णप्रसाद न्यौपानेसँग राखेका थियौ। उहाँका अनुसार तपाईंको मेडिकल ६० दिन भित्र गरेको प्रमाण छ भने तपाईं ७५ दिनमा फर्किनुले फरक पर्दैन। तपाईं नेपाल फर्किएर मेडिकल गर्दा पनि अनफिट हुनुभयो भने मेडिकलबाट क्षतिपूर्ति पाउनुहुन्छ। तर तपाईं मेडिकलमा फिट हुनुभयो भने तपाईंलाई म्यानपावरले क्षतिपूर्ति दिनुपर्दैन। थप जानकारी र कानूनी सहयोगका लागि ९८४१४२२४७१ मा सम्पर्क गर्न सक्नुहुन्छ।