प्रश्न: रोजगार सेवा केन्द्रले दिने सेवालाई अनलाइन सिस्टममा ल्याउँदा राम्रो होला नि । यसले समय मात्र बर्बाद गरेको महशुश हुन्छ ।


 

उत्तर: यसको लागि हामीले इएमआईएस सिस्टम भन्छौं — इम्प्लोइमेन्ट म्यानेजमेन्ट सिस्टम यसबाट एक ढंगले व्यवस्थापन गरिरहेका छौं । यसलाई पूर्णरुपमा कार्यात्मक ल्याउन सकिएको छैन । मन्त्रालयले अहिले निमिस (राष्ट्रिय रोजगार व्यवस्थापन सूचना प्रणाली) नामको सफ्टवेयर बनाउने तयारी गरिरहेको छ । यो सफ्टवेयरले आन्तरिक र विश्व श्रम बजारमा रहेका सबैलाई एकआपसमा जोड्ने काममा मद्दत गर्नेछ । स्थानीय तहमा रहेको रोजगार बैंकसँगको संयोजनमा यसलाई अगाडि बढाउने सोच छ । अहिले रोजगार सेवा केन्द्रले उपलब्ध गराउने जति पनि सेवा छन् अहिले अनलाइन नै छन् । यसमा रहेका कमी कमजोरीमा काम गर्दै हामी अघि बढिरहेका छौं ।