प्रश्न: श्रमाधान रोजगार मेला अब फेरि कहिले हुन्छ ? नेपालमा मात्र हुने हो कि अन्य देश हुन्छ ?


 

उत्तर: यो मेलाले रोजगारीको क्षेत्रमा रहेका सबैलाई जोड्न र सहजता प्रधान गर्नका लागि आयोजना गरिएको थियो । जसमा हामी सफल पनि भयौं । त्यसैले अबको आर्थिक वर्षबाट हामीले एउटा कार्य विधि नै बनाएर अब मेला कहिले आयोजना गर्ने, कसरी गर्ने, कस्तो किसिमको कार्यक्रमहरु राख्ने, यसलाई अझै सक्रिय कसरी बनाउने, सहभागिता अझै कसरी बढाउने भन्ने विषयमा काम गर्छौंं । मेला अब एक हप्तामा सबैलाई समेट्ने भन्दा पनि फरक फरक समयमा फरक फरक प्रदेशमा गर्ने जस्ता योजनाहरु बनाइरहेका छौं । यो नेपालीलाई नै लक्षित गरिएकोले नेपालमा नै हुन्छ ।