प्रश्न: श्रमाधान रोजगार मेलाबारे धेरैले थाहा पाएनन् जस्तो लाग्छ । तर, राम्रो कुरा यो सम्पन्न भयो । आउँदा दिनमा पनि यस किसिमका मेलाहरु आयोजना होस् । शुभकामना ।


 

उत्तर: वैदेशिक रोजगारीमा जानेसँग अहिले पनि पूर्ण सूचना छैन । त्यसैले गन्तव्य देशमा पुगेर समस्या पर्ने जस्ता विषयहरु आइरहेका छन् । म्यानपावर कम्पनीले भन्नुभएको कुरा नै सहि सूचना मान्नुहुन्छ । सीपको कमी पनि छ । एउटा सीप सिकेर अर्को कामका लागि जानेहरु पनि हुुनुहुन्छ । काम र सीपको संंयोजन छैन । अबका दिनमा हामीले यी विषयलाई पनि समाहित गर्दै काम गर्छौं ।