प्रश्न: सीप लिनका लागि के कस्तो प्रक्रिया पुरा गर्नुपर्छ ?


 

उत्तर: सीप सिक्न उच्चत्तम शैक्षिक योग्यता चाहिन्छ भन्ने छैन । सीप सिक्ने हकमा तपाईंले सामान्य लेखपढ गर्नसक्नुहुन्छ भने सीप सिक्न मिल्यो । हामीले चाहिं कम्तीमा कक्षा ८ पास गरेको भन्छौं किनभने कतिपय सामाग्रीको नाम थाहा पाउनुपर्ने हुन्छ र लेखपढ गर्न सक्ने हुनुपर्छ । नत्र त सीप सिक्न न उमेरले छेक्छ । न शैक्षिक योग्यताले । मुख्य कुरा के हो भने, तपाईं जुनसुकै शैक्षिक योग्यताको भएपनि सीप सिक्न सक्नुहुन्छ ।