आवश्यक परे अमेरिकी करको बदला लिने योजना छ : ईयू प्रमुख
चैत १९, २०८१ मंगलबार
अम्बर
प्रश्नः मेरो एक आफन्त साउदी अरेबियामा सरसफाई कामदारमा क्रियाशील छिन्। करीब ३ महिना अघि उनलाई वैदेशिक रोजगारमा पठाउदा दलाल मार्फत ६० हजार रुपैयाँ म्यानपावरमा वुझाएको रसिद मसँग छ। फ्रि भिसा तथा टिकटको व्यवस्था हुँदाहुँदै भारी रकम लिएकोमा अव उक्त बुझाइएको रकम फिर्ता लिन सकिन्छ कि सकिंदैन ? यदि सकिन्छ भने प्रक्रिया के हुनसक्छ ?
उत्तरः अम्बर जी, पिपुल फोरममा आवद्ध अधिवक्ता मन्जु सुवेदीका अनुसार तपाईंसँग म्यानपावरलाई बुझाएको रसिद छ भने म्यानपावर विरुद्ध काठमाडौंको बुद्धनगरमा रहेको वैदेशिक रोजगार विभागमा रकम बुझाएको प्रमाणसहित उजुरी दिन सक्नुहुन्छ। त्यसका लागि तपाईंको आफन्तले फर्किएर उजुरी दिन पनि सक्नुहुन्छ। नभए प्रमाण पुर्याएर तपाईंको आफन्तको परिवारले पनि उजुरी दिन सक्छन्। प्रमाण पुगेमा वैदेशिक रोजगार विभागले छानविन गरी पैसा फिर्ता गरिदिन्छ।