आवश्यक परे अमेरिकी करको बदला लिने योजना छ : ईयू प्रमुख
चैत १९, २०८१ मंगलबार
दान्छी कम्युनिकेशन
प्रश्नः यस पटकको बजेट घोषणामा विदेशबाट फर्किएकालाई व्यवसाय गर्न सरकारले १० लाखसम्म ऋण दिने भन्ने सुनियो तर कसरी त्यो ऋण लिन सकिन्छ?
उत्तरः साथी तपाईंको जिज्ञासा हामीले अर्थ मन्त्रालयका सहसचिव तथा प्रवक्ता झक्कप्रसाद आचार्यसँग राखेका छौं । उहाँका अनुसार सरकारले विदेशबाट फर्किएका युवाको सीप प्रमाणिकरण गरेर , सीपसँग सम्बन्धित के परियोजना सञ्चालन गर्ने हो त्यसको प्रस्तावका आधारमा ऋण दिने हो । तर अहिले यसको कार्यविधि बनेको छैन । केहि महिना भित्रमा कार्यविधि बनेपछि त्यसकै आधारमा खुल्ला आवेदन माग गरी ऋण दिने प्रक्रिया सुरु गरिने छ।