आवश्यक परे अमेरिकी करको बदला लिने योजना छ : ईयू प्रमुख
चैत १९, २०८१ मंगलबार
जित नारायण गुभाजु
प्रश्नः मेरो बहिनी जयन्ती गुभाजुलाई पोल्याण्ड पठाइदिन्छु भन्दै ग्वार्कोमा रहेको दृष्मा ओभरसिजले गएको वर्षको कात्तिकमा एक लाख रुपैयाँ लियो। एक वर्ष बित्न लाग्दा पनि विदेश पठाएको छैन। अलमलाइरहेको छ। यो अवस्थामा के गर्ने होला ?
उत्तरः जित नारायण जी, तपाईंको बहिनीले म्यानपावरलाई पासपोर्ट बुझाउनुभएको छ भने तीन महिनाभन्दा म्यानपावरले राख्न पाउदैन। अर्कोकुरा तपाईंसँग म्यानपावरलाई पैसा दिएको कुनै प्रमाण छ कि छैन ? यदि प्रमाण छ भने म्यानपावर विरुद्ध तपाईंले काठमाडौंको बुद्धनगरमा रहेको वैदेशिक रोजगार विभागमा उजुरी दिन सक्नुहुन्छ।