आवश्यक परे अमेरिकी करको बदला लिने योजना छ : ईयू प्रमुख
चैत १९, २०८१ मंगलबार
कुशल पुन /रोल्पा
प्रश्नः म विदेश जान चाहन्छु। प्लस टु पास गरेको छु। तर कुनै सीप छैन। निःशुल्क सीप सिक्नका लागि कहाँ सम्पर्क राख्नुपर्छ होला ?
उत्तरः कुशल जी, सीप सिकेर विदेश जाने निर्णय गर्नुभएको तपाईंलाई बधाई छ। सीप सिकेर जाँदा विदेशमा भनेको काम र तलब सुविधा पाइन्छ। सरकारले पनि सीप भएका युवालाई मात्रै विदेश पठाउने गरी व्यवस्था गर्दैछ। अहिले शहर्रपिच्छे निःशुल्क सीप सिकाउने संस्था खुलेका छन्। तपाईं बसेको वा आसपासका जिल्ला यस्ता अवसर उपलब्ध हुन सक्छन्। विस्तृत जानकारीका लागि रोजगार सूचना केन्द्र दाङको फोन नम्बर ०८२ ५२१९३७ र ५२०५४६ बुझ्न सक्नुहुन्छ।