Twitter

सीता पाण्डे रानाभाट

बेलायतका सांसदहरूले नेपालीहरूको स्वास्थ्यमा चासो र चिन्ता लिनुभएको समाचार सुनेर र पढेर हर्षले मन खुसी भयो । नागरिकको हरेक सुखदुःखमा चासो राखेर काम गर्ने प्रेरणा हाम्रो देशको सांसदहरुलाई पनि मिलोस् ।

थप पढ्नुहोस्
कृष्ण पाठक

महिलाहरुलाई पैसाको लोभ देखाएर ललाई फकाई, घुमाई फिराई विदेशी भूमिमा पुर्याउने काम दलालले गरेको सुनिन्छ । यस्ता मानव तस्करलाई सरकारले खोजीखोजी कारबाही गरोस् ।

थप पढ्नुहोस्
दिल्ली जैसी

बाघ सडकमा आएको कि सडक बाघको घरमा गएको ? निकुञ्जको बीचमा सडक भएपछि बाघ कता जानु त ?

थप पढ्नुहोस्
मिनकुमार फुयाँल

सरकारले राम्रो काम गर्दा पनि हामी नागरिक सन्तुष्ट छैनौँ । किनकी एकथोक भनिन्छ, अर्कोथोक गरिन्छ ।

थप पढ्नुहोस्
गणेष महत

हामी नेपाली कति परनिर्भर छौ भन्ने चिनको कोरोना भाइरसले देखायो ? संक्रमण चिनमा भएको छ, बिकासका काम नेपालमा ठप्प भएको छ ।

थप पढ्नुहोस्
थानेश्वर कालाकोठी

सरकारले बारम्बार वैदेशिक रोजगारीमा ठगिनु होला है भन्दाभन्दै हरेक दिन नेपालीहरु ठगीमा परिरहेका छन् । सरकारले ठग्ने मेनपावरलाई किन कारबाही गर्न नसकेको होला ?

थप पढ्नुहोस्
सन्तोष ज्ञवाली

विपदपछिको राहत भन्दा पनि सधैंको लागि विपदबाट हुने हानी नोक्सानी न्यूनिकरणमा बेलैमा सोच्न जरुरी छ ।

थप पढ्नुहोस्
दिपक पौडेल

धनी र गरिबबीचको खाडल हटाउन सबैभन्दा पहिले सरकारी सुबिधा लिएका, राजनीतिक गरेका, लगायत अस्वभाविक जीवनस्तर भएका सबैको सम्पत्ति छानबिन हुनुपर्छ । अनि अघि सारिएका योजनाको कार्यान्वयनमा कडाई गरिनुपर्छ ।

थप पढ्नुहोस्
बसन्त

लामो रुटको गाडीमा दुईजना ड्राईभर राख्ने भनिएपनि त्यो कार्यान्वयन भएको छैन । ठूलो दुर्घटना भएर धेरै जनाको ज्यान गएपछि केहीदिन कुरा उठ्छ तर कार्यान्वयन शून्य ।

थप पढ्नुहोस्
युवराज मिश्र

बलात्कार जस्तो जघन्य अपराध पनि हाम्रो देशमा सामान्य बन्दै गएको छ । यस विषयमा सरकार किन मौन र उदाशिन देखिन्छ । घटनाका अपराधिलाई तत्काल पक्राउ गरी बारवार्हि गर्न सक्यो भने घटनामा कमी आउथ्यो कि ?

थप पढ्नुहोस्
दिनेश बोहोरा

नेपाली युवा श्रम गर्न दुवै कतार जाने अनि प्रधानमन्त्री, नेता र प्रमुख जति घुम्न चाइना भारत जाने । ठुलाबडा नेता उपचारमा बिदेश नै जाने । त्यसो हो भने अब नेपालमा चाहिं को बस्ने अनि कसले बनाउने नयाँ नेपाल ।

थप पढ्नुहोस्
अरिङगाल काका

बलात्कार, हत्या, एसिड आक्रमण, उच्च महंगी र मनपरी तन्त्र जस्ता समाचारले हामी जस्ता समान्य नागरिकको होस हवास उडेको छ । बोलवाला छ त केवल हत्यारा, बलात्कारी, बिचौलिया र सिन्डिकेट धारीको ।

थप पढ्नुहोस्
मनोज दाहाल

कुनै पनि अपराधको प्रमाण नष्ट गर्ने वा मुख्य अपराधी उम्कने गरी बातावरण तयार पारिदिने भनेका मतियारहरु हुन् । निर्मला पन्तको बलात्कार र हत्याको प्रमाण नष्ट गर्नेलाई निलम्बित गर्ने मात्र हैन पक्राउ गरी अनुसन्धान गर्नु पर्छ सरकार ।

थप पढ्नुहोस्
जस्टिस फर निर्मला

आज हरेक नेपालीको एउटै प्रश्न छ.। कानुन कसका लागि र न्याय कस्ले पाउने ? कानुन ठुलो कि ति अपराधी ? विश्वसनिय भनिएका निकाय नै अपराधी भएपछी हामीले न्याय खोज्न कहाँ जाने ? हामीलाई जवाफ चाहियो सरकार ?

थप पढ्नुहोस्
खकेन्द्र

सोदारी मलाई पूर्व प्रधान न्यायाधीश प्रशिद्ध प्रवल जनसेवा श्री विभुषण पाएको चित्त बुझेको छैन् । यो त सरासर न्यायिक सर्बोच्चता र कानुनी शासनको खिल्ली मात्र हो, आधारहिन मुल्यांकन हो भने विभुषण को अपमान हो ।

थप पढ्नुहोस्
सन्देश घिमिरे

नेपालमा नीति, नियम, कानुन कति बनाइन्छन् कति । तर,सुरुमा कानुनको उलंघन नेता र नेताहरू कै मान्छेहरुबाट हुन्छ । कारवार्हिको कुनै प्रकृया पनि अपनाइदैन, अपनाए पनि नियम कानुनको पालना हुँदैन । भष्ट्राचार सुरुमा देश बिकास गर्छु भन्ने हाकिम र ठुलावडा नेताबाटै हुन्छ हामी नागरिकले कति दिन सहने अब त अति भैसक्को !

थप पढ्नुहोस्
मिर्मिसा

अहिले हामी छोरी चेलिलाई सुरक्षित भएर हिँडन पनि नहुने अबस्था छ । द्वापर युगमा भारीसभाका बिच चिरहरण हुन लागेकि द्रौपतीको लाज ढाक्ने कृष्ण नै हुन । हाँसो, मजाक, ठट्टा गरेपनि नारिको इज्जत गर्ने पुरुष हुन भगवान श्री कृष्ण, मन पर्ने थुप्रै कारण छन् । तर, यो अझ बढी मन पर्छ मलाई ।

थप पढ्नुहोस्
प्रतिक शंकर

मोदी आउदा झकिझकाउ बनाउने काठमाडौका सडक मोदी फर्किदा जस्ताको तस्तै हुन्छ । अरुलाई देखाउन गरेको विकास कतिन्जेल टिक्ला । हामी नागरिकका लागि अब विकास भनेको आकाशको फल आँखा तरी मर भने झैं भयो ।

थप पढ्नुहोस्
अर्जुन विष्ट

बिमिस्टेक सम्मेलन के का लागि सरकार ? विकास, निकाश वा नागरिकलाई पिडा दिन ? सात जना भेला गरेर सात लाख नागरिकलाई मारमा पार्ने काम नहोस् । फलदयी बनोस, बिगतका सम्मेलन झै भयो भने बालुवामा पानी हाले झै होला विचार गरियोस ।

थप पढ्नुहोस्
निर्दोषी

भदौ एक गतेदेखि लागु भएको कानुनमा कसैको फोटा खिच्न पाइदैन भनिएको छ । बोलि रेकर्ड गर्न पाइन्न भनिएको छ । सरकारी कर्मचारीले कार्यालय समयमा काम नगरेको फोटो खिच्न पाइएन भने के प्रमाणका आधारमा उनीहरु बिरुद्ध उजुरी गर्ने ? अनि कसैले घुस लिँदै छ भने त्यसको प्रमाणका लागि पनि फोटो र भिडियो खिच्न अनुमति लिनुपर्ने भएपछि अ...

थप पढ्नुहोस्
सुष्मा

निर्मला पन्तको वलात्कार र हत्यापछी दिनहूँ जसो वलात्कार र हत्याका समाचारहरू आइरहेका छन् । आखीर कैले सम्म सरकार चुप भएर बस्ने हो । वलात्कार जस्तो जघन्य अपराध गर्नेलाई कडा सजायको व्यवस्था गर्न सरकार किन डराउँछ ?

थप पढ्नुहोस्
  • 1 (current)
  • 2
  • 3