मुगुमा जीप दुर्घटना हुँदा दुईजनाको ज्यान गयो

 चैत १५, २०८० बिहिबार ७:१०:१६ | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाण्डौ – मुगुमा जीप दुर्घटना हुँदा दुईंजनाको ज्यान गएको छ । हिजो गमगढीबाट सोरुकोटका लागि छुटेको जीप कच्यागाउँ नजिकै दुर्घटना हुँदा दुईंजनाको ज्यान गएको छ भने चारजना घाइते भएका छन् । मुगुका प्रमुख प्रहरी नायब उपरीक्षक वीरेन्द्र थापाका अनुसार ज्यान गुमाउनेमा जीप चालक कविराज नेपाली र परिचय नखुलेका एकजना महिला रहेकी छिन् ।

कच्ची र साँघुरो चार मोड भन्ने ठाउँको सडकबाट जीप खसेको थियो । 

अन्तिम अपडेट: बैशाख १५, २०८१

तपाईको प्रतिक्रिया