गैरहाजिर १६ जना प्रहरीलाई तत्काल सम्पर्कमा आउन सूचित

 वैशाख १०, २०८२ बुधबार १२:८:११ | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाण्डौ – नेपाल प्रहरीले गैरहाजिर १६ जना प्रहरी कर्मचारीलाई तत्काल सम्पर्कमा आउन सूचित गरेको छ । प्रहरी प्रधान कार्यालयले आज सार्वजनिक सूचना निकालेर ती प्रहरीलाई तत्काल सम्पर्कमा आउन भनेको हो ।

खोजतलास गर्दा तथा प्रहरी नियमावलीबमोजिम प्रक्रिया पूरा गरी सूचना टाँस भइसक्दा पनि उनीहरू सम्पर्कमा नआएको प्रहरी प्रधान कार्यालयले जनाएको छ ।

आफू गैरहाजिर रहनुको कारणसहित सात दिनभित्र उपस्थित नभए ती प्रहरी कर्मचारीलाई प्रहरी नियमावलीअनुसार सेवाबाट हटाउने प्रहरी प्रधान कार्यालयले जनाएको छ ।

अन्तिम अपडेट: बैशाख १०, २०८२

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया