नेपाल ‘ए’ र आयरल्यान्ड ‘ए’को अन्तिम टी–२० खेल आज

 चैत १९, २०८० सोमबार ९:२२:२२ | उज्यालो सहकर्मी
unn.prixa.net

फाइल तस्बिर

काठमाण्डौ – नेपाल ‘ए’ र आयरल्यान्ड ‘ए’ बीचको तेस्रो तथा अन्तिम टी–२० खेल आज हुँदैछ । खेल त्रिवि क्रिकेट मैदान कीर्तिपुरमा दिउँसो १ बजे शुरू हुनेछ । नेपालले एक खेलअघि शृङ्खला गुमाइसकेको छ ।

शृङ्खलाको यसअघिका दुवै खेल जितेको आयरल्यान्ड ‘ए’ ले उपाधी जितिसकेको छ । आज नेपाल आफूलाई क्लिनस्विप हुनबाट जोगाउने लक्ष्यमा हुनेछ ।

टी–२० शृङ्खलापछि यी दुई टोलीले पर्सि बुधवारदेखि तीन खेलको एकदिवसीय शृङ्खला खेल्नेछन् ।

आयरल्यान्ड ‘ए’लाई  आयरल्यान्ड–उल्भ्सको नाम दिईएको छ । 

अन्तिम अपडेट: चैत ३०, २०८०

तपाईको प्रतिक्रिया