आयरल्यान्ड–उल्भ्ससँगकाे अन्तिम टी–२० क्रिकेटमा नेपाल 'ए' टस हारेर ब्याटिङ गर्दै

 चैत १९, २०८० सोमबार १३:९:४३ | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाण्डाै – आयरल्यान्ड–उल्भ्ससँगकाे तेस्राे तथा अन्तिम मैत्रीपूर्ण टी–२० क्रिकेटमा नेपालकाे 'ए' टाेलीले टस हारेकाे छ । कीर्तिपुरकाे त्रिवि क्रिकेट मैदानमा आयरल्यान्ड–उल्भ्सका कप्तान नेल रकले टस जितेर ब्याटिङ राेजेपछि नेपालले अहिले ब्याटिङ गरिरहेकाे छ ।

आयरल्यान्ड–उल्भ्सले यसअघि नै शृङ्खला जितिसकेकाे छ । आयरल्यान्ड–उल्भ्सले पहिलाे खेल २१ रन र दाेस्राे खेल ४० रनले जितेकाे थियाे । आज नेपालले आफूलाई 'क्लिन स्वीप' हुनबाट जोगाउने प्रयास गर्नेछ ।

टी–२० शृङ्खलापछि यी दुई टोलीले तीन खेलकाे एकदिवसीय क्रिकेट शृङ्खला खेल्नेछन् । याे शृङ्खला पर्सि बुधवारदेखि त्रिवि क्रिकेट मैदानमै शुरु हुनेछ ।

अन्तिम अपडेट: बैशाख १, २०८१

तपाईको प्रतिक्रिया