कांग्रेसले इलाम–२ मा डम्बर खड्का र बझाङमा अभिषेक सिंहलाई उम्मेदवार बनायाे

 चैत २२, २०८० बिहिबार १५:१९:३२ | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाण्डाै – नेपाली कांग्रेसले आउँदो वैशाख १५ गते इलाम–२ मा हुन लागेको उपचुनावमा जिल्ला सभापति डम्बर खड्कालाई उम्मेदवार बनाउने निर्णय गरेको छ ।

आज सभापति शेरबहादुर देउवा निवास बूढानलीकण्ठमा बसेको संसदीय बोर्ड बैठकले उम्मेदवारकाे नाम टुङ्ग्याएकाे हाे । यस्तै बझाङ प्रदेश सभा–१ (क) मा अभिषेक सिंहलाई उम्मेदवार बनाउने निर्णय गरेको छ ।

यसैबीच नेकपा माओवादी केन्द्रले इलाम–२ को उपचुनावमा नेकपा एमालेका उम्मेदवार सुहाङ नेम्वाङलाई सघाउने भएको छ । माओवादी केन्द्रबाट उम्मेदवारका लागि सिफारिस धिरेन्द्र शर्माको नाम हटाएर एमालेका नेम्वाङलाई सहयोग गर्ने निर्णय गरेको माओवादी केन्द्रले जनाएको छ ।

अन्तिम अपडेट: बैशाख १९, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया