उपचुनावका लागि मतदान स्थल र केन्द्र स्वीकृत

 चैत २३, २०८० शुक्रबार १५:२८:११ | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाण्डाै – आउँदो वैशाख १५ गते हुने उपचुनावका लागि मतदान स्थल र केन्द्र स्वीकृत भएको छ । निर्वाचन आयोगका अनुसार इलाम प्रतिनिधि सभा क्षेत्र नम्बर–२ मा ७९ मतदान स्थल र एक सय ४९ मतदान केन्द्र तथा बझाङको प्रदेश सभा १ (क) मा ७४ मतदान स्थल र ९३ मतदान केन्द्र स्वीकृत भएको हो ।

आयोगले यसअघि हिजो मतदाताको अन्तिम नामावली प्रकाशन गरिसकेको छ । स्वीकृत मतदाता नामावलीअनुसार प्रतिनिधि सभातर्फ इलाम क्षेत्र नम्बर–२ मा हुने उपचुनावका लागि एक लाख १५ हजार आठ सय ८९ र प्रदेश सभातर्फ बझाङ क्षेत्र नम्बर १ (क) मा ६१ हजार सात सय ४८ जना मतदाता कायम भएका छन् ।

उपचुनावको कार्यतालिकाअनुसार भोलि उम्मेदवारी मनोनयन हुनेछ । निर्वाचन आयोगकाअनुसार २७ गते उम्मेदवारको अन्तिम नामावली प्रकाशन र उम्मेदवारलाई चुनाव चिह्न प्रदान गरिनेछ ।

अन्तिम अपडेट: बैशाख २३, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया