आउँदो चुनावमा पार्टीलाई एक्लै बहुमत पुर्‍याउने प्रयास गर्नुपर्छ : देउवा

 चैत २४, २०८० शनिबार १८:१:२४ | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाण्डौ – प्रमुख प्रतिपक्ष दल नेपाली कांग्रेसका सभापति एवम् पूर्वप्रधानमन्त्री शेरबहादुर देउवाले आउँदो चुनावमा पार्टीलाई एक्लै बहुमत पुर्‍याउने गरी प्रयास गर्नुपर्ने बताउनुभएको छ । 

काठमाण्डौमा आयोजित पार्टीको एक कार्यक्रममा देशमा अहिले देखिएको अस्थिरताबारे चर्चा गर्दै उहाँले कांग्रेस एक्लैलाई आउँदो चुनावमा बहुमत ल्याउने पार्टी बनाउन आवश्यक भएको बताउनुभयो । 

घात, अन्तर्घात नगरी एक भएर कांग्रेसलाई एक्लै बहुमत ल्याउने अवस्था बनाउनु परेको सभापति देउवाको भनाई छ । पार्टीलाई मजबुत बनाएर लैजाने काममा ध्यान दिन पनि कार्यकर्तालाई उहाँले आग्रह गर्नुभयो । 

अन्तिम अपडेट: बैशाख २०, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया