प्रतिनिधि सभाको चालु अधिवेशन आजदेखि अन्त्य

 बैशाख २, २०८१ आइतबार १५:२:५३ | उज्यालो सहकर्मी
unn.prixa.net

तस्बिर : रासस

काठमाण्डाै – सभामुख देवराज घिमिरेले प्रतिनिधि सभाको चालु अधिवेशन अन्त्य हुने जानकारी दिनुभएको छ । सभाको आजको बैठकमा सभामुख देवराज घिमिरेले अधिवेशन अन्त्यको सम्बन्धमा राष्ट्रपतिबाट प्राप्त पत्रको व्यहोरा पढेर सुनाउनुभएको हो ।

अधिवेशन आज राति १२ बजेदेखि स्वतः अन्त्य हुने सभामुखले जानकारी गराउनुभयो । बैठकमा उहाँले प्रतिनिधि सभाको चालु अधिवेशनमा भएका कामबारेमा जानकारी गराउनुभएको छ । चालु अधिवेशन गएको माघ २ गतेदेखि प्रारम्भ भएको थियो । यस अवधिमा २३ दिनमा २३ पटक बैठक बसेका छन् ।

यसैबीच प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसले सङ्घीय संसद्को चालु अधिवेशन अन्त्य गर्न सरकारले गरेको निर्णयप्रति आपत्ति जनाएको छ । कांग्रेस संसदीय दलको आज बसेको बैठकले बजेट अधिवेशनका लागि पर्याप्त समय हुँदाहुँदै चालु अविधेशन अन्त्य गरेकोप्रति गम्भीर ध्यानाकर्षण भएको जनाएको हो ।

बैठकका निर्णयबारे जानकारी दिँदै कांग्रेस प्रमुख सचेतक रमेश लेखकले सरकारको यो निर्णय अलोकतान्त्रिक र संसदीय मूल्य मान्यता विपरीत भएको बताउनुभयो । उहाँका अनुसार कांग्रेसले सरकारको निर्णयको विरोध जनाएको छ । सदनमा विपक्षी दलहरूले सहकारीको रकम अपचलन लगायतका विषयमा कुरा उठाउँदै आएको विषयलाई गम्भीरतापूर्वक नलिएर सरकारले गैरजिम्मेवारीपन देखाएको लेखकले बताउनुभयो ।

प्रतिपक्षी दलका कारणले सदन अवरुद्ध भएको भनेर सत्तापक्षले लगाएको आरोप झुटो भएको पनि कांग्रेसको ठहर छ ।

अन्तिम अपडेट: बैशाख १८, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया