धनुषामा एक सय ५२ बोरा प्याज र ३२ थान मोबाइल बरामद

 बैशाख ६, २०८१ बिहिबार ९:५७:१९ | उज्यालो सहकर्मी
unn.prixa.net

तस्बिर : सशस्त्र प्रहरी बल, नेपाल प्रधान कार्यालय

काठमाण्डौ – धनुषामा एक सय ५२ बोरा प्याज र ३२ थान मोबाइल बरामद भएको छ । सशस्त्र प्रहरी बल नेपाल नम्बर–८ गण धनुषाले प्याजसहितको ना ८ ख ६३०० नम्बरको ट्रक नियन्त्रणमा लिएको हो । शंकास्पद कागजपत्रको आधारमा शहीदनगर नगरपालिका–२ तीनकोरिया बीरेन्द्रबजारबाट प्याजसहितको ट्रक समातेको र आवश्यक कारबाहीका लागि जनकपुर भन्सार कार्यालयमा बुझाएको सशस्त्र प्रहरीले जनाएको छ । बरामद प्याज तीन लाख २७ हजार रुपैयाँ बराबरको रहेको छ ।

त्यस्तै सशस्त्र प्रहरी बल नेपाल नम्बर–८ गण मातहतको बीओपी फुलगामाले हिजो दिउँसो मुसहरनिया गाउँपालिका–६ मरघटियाबाट भारतबाट भन्सार छलेर नेपालतर्फ ल्याउँदै गरेको ३२ थान मोबाइल बरामद गरेको छ । मोटरसाइकलमा ल्याउँदै गरेको मोबाइलको मूल्य ५ लाख ३५ हजार बराबर छ । आवश्यक कारबाहीको लागि जनकपुर भन्सार कार्यालयमा बुझाइएको सशस्त्र प्रहरीले जनाएको छ ।

अन्तिम अपडेट: बैशाख १९, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया