नवलपरासीको पडरीमा आगलागीबाट १४ परिवारको घरगोठ जल्यो

 बैशाख ८, २०८१ शनिबार ८:५६:२७ | बृजराज कुशवाह
unn.prixa.net

नवलपरासी – नवलपरासीको पाल्हीनन्दन गाउँपालिका पडरी गाउँमा भएको आगलागीमा १४ परिवारको घरगोठ जलेको छ । 

हिजो दिउँसो ४ बजेतिर स्थानीय एउटा पसलबाट सल्केको आगोले पाल्हीनन्दन गाउँपालिका वडा नम्बर–६ पडरी गाउँका चन्द्रिका धोबी, चन्ना धोबी, भिखारी धोबी, रामवृक्ष धोबी, बुलाकी धोबी, कमरूद्दीन अन्सारी, राजेश धोबी, केश महम्मद, इजहार अन्सारी, अहमद अन्सारी, नुरूलहोदा पठान, इद्रिश पठान र कोइल पठानलगायतको गरी १४ जनाको घरगोठमा क्षति भएको वडाध्यक्ष कृष्णचन्द्र यादवले जानकारी दिनुभयो ।

आगलागीबाट घरमा रहेका कपडा, गरगहना, नगद जलेका छन् । आगो रामग्राम र बर्दघाट नगरपालिकाको दमकल तथा स्थानियबासिन्दा र प्रहरीको सहयोगमा बेलुका नियन्त्रणमा आएको थियो । आगलागीबाट भएको क्षतिको पूर्ण विवरण सङ्कलनको काम भइरहेको जिल्ला प्रहरी कार्यालय पश्चिम नवलपरासीले जनाएको छ ।

अन्तिम अपडेट: बैशाख २१, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

बृजराज कुशवाह

बृजराज कुशवाह नवलपरासी सुस्ता पश्चिमका उज्यालो सहकर्मी हुनुहुन्छ । 

 

तपाईको प्रतिक्रिया