सगरमाथा आरोहणका लागि तीन सय ५२ आरोहीले लिए अनुमति

 बैशाख ८, २०८१ शनिबार ९:१७:३९ | उज्यालो सहकर्मी
unn.prixa.net

फाइल तस्बिर

काठमाण्डौ – यस वर्षको वसन्तयाममा सगरमाथा आरोहणका लागि तीन सय ५२ आरोहीले अनुमति लिएका छन् । पर्यटन विभागका अनुसार ३३ आरोही समूहका ६५ महिला र दुई सय ८७ पुरुष गरी तीन सय ५२ आरोहीले अनुमति लिएका हुन् । अहिलेसम्म ५५ देशका आरोही सगरमाथा आरोहणका लागि आएका छन् ।

विभागको साहसिक पर्यटन तथा पर्वतारोहण शाखाका निर्देशक राकेश गुरुङले सगरमाथा आरोहण गर्न उत्साहजनक रुपमा आरोही आइरहेको र आउनेक्रम वैशाख अन्तिमसम्म रहने बताउनुभयो । तर अघिल्लो वर्षको तुलनामा यसवर्ष सङ्ख्यात्मक रुपमा केही कम हुनसक्ने उहाँको अनुमान छ ।

निर्देशक गुरुङका अनुसार यो वर्ष चार सयभन्दा बढीको सङ्ख्या आरोही आउने विश्वास छ । अघिल्लो वर्ष अहिलेसम्मकै धेरै चार सय ७८ आरोहीले सगरमाथा आरोहणका लागि अनुमति लिएका थिए । सगरमाथासहितका विभिन्न २४ हिमाल आरोहणको अनुमतिबापत अहिलेसम्म ५६ करोड ४० लाख ३१ हजार एक सय ८१ रुपैयाँ राजस्व सङ्कलन भएको छ ।

अन्तिम अपडेट: बैशाख २१, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया