वृद्धवृद्धा र अशक्तले अब गाडी चढेरै चिडियाखाना अवलोकन गर्न सक्ने

 बैशाख ८, २०८१ शनिबार १०:५:६ | उज्यालो सहकर्मी
unn.prixa.net

फाइल तस्बिर

काठमाण्डौ – ललितपुरको जावलाखेलमा रहेको चिडियाखानामा अब अशक्त र वृद्धवृद्धाले गाडी चढेर अवलोकन गर्न पाउने भएका छन् । ललितपुर महानगरपालिकाले चिडियाखानालाई विद्युतीय गाडी दिएपछि वृद्धवृद्धा र अशक्तहरुलाई सजिलो हुने भएको हो ।

हिजो भएको कार्यक्रममा ललितपुर महागरपालिकाका मेयर चिरीबाबु महर्जनले चिडियाखानालाई गाडी हस्तान्तरण गर्नुभएको छ । विद्युतीय गाडी हस्तान्तरणपछि पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीले गाडी चढेर उद्घाटन गर्नुभएको थियो । चिडियाखाना अवलोकन गर्न आउने वृद्धवृद्धा, अशक्त र अपाङ्गता भएकाहरुलाइ लक्षित गरेर विद्युतीय गाडी सञ्चालनमा ल्याइएको महानगरपालिकाले जनाएको छ । 

अन्तिम अपडेट: बैशाख २१, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया