गोरखाको वीरेन्द्र ताल फुट्यो : बुढीगण्डकी नदीको तल्लो तटीय क्षेत्रमा सावधानी अपनाउन आग्रह

 बैशाख ९, २०८१ आइतबार १०:१२:२४ | उज्यालो सहकर्मी
unn.prixa.net

फाइल फाेटाे

काठमाण्डौ – गोरखाको मनास्लु क्षेत्रमा रहेको वीरेन्द्र ताल फुटेको छ । ताल फुटेपछि बुढीगण्डकी नदीको तल्लो क्षेत्रमा बाढी आएको छ । बाढीले थप क्षति पुर्‍याउन सक्ने जोखिम छ ।

बाढीले क्षति पुर्‍याउन सक्ने भन्दै धार्चे, आरुघाटलगायतका क्षेत्रमा सतर्क रहन गृह मन्त्रालयले आग्रह गरेको छ । गृह मन्त्रालयका प्रवक्ता नारायणप्रसाद भट्टराईले जोखिम क्षेत्रमा सावधानी अपनाउन र स्थानीय प्रशासनलाई क्षतिको जोखिम आँकलन गरी आवश्यक तयारीमा जुट्न आग्रह गर्नुभएको छ ।

अन्तिम अपडेट: बैशाख २१, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया