सार्वजनिक बिदाबारे गृहमन्त्री लामिछानेको प्रष्टीकरण : तीन दशकका अभ्यासलाई सच्याउन समय लाग्छ

 बैशाख ११, २०८१ मंगलबार १२:४:२७ | उज्यालो सहकर्मी
unn.prixa.net

फाइल तस्बिर

काठमाण्डौ – कतारका अमिर (राजा) लाई स्वागत गर्न सरकारले आज दिएको सार्वजनिक बिदाको आलोचना भएपछि गृहमन्त्री रवि लामिछानेले प्रष्टीकरण दिनुभएको छ । उहाँले बिहान सामाजिक सञ्जाल फेसबुकमार्फत तीन दशकका अभ्यासलाई सच्चाउन समय लाग्ने उल्लेख गर्नुभएको छ ।

कुनै व्यक्ति, देश वा घटना हेरेर फरक–फरक निर्णय गर्नु कुटनीतिक, राजनीतिक र वैधानिक हिसाबले सही नहुने गृहन्त्रीकाे भनाइ छ । अनावश्यक बिदा, भीआईपी सवारीका बेला हुने अरू विभिन्न व्यवस्थानको नाममा नागरिकले पाउने सास्तीलगायतका विषयमा आफूले पदबहाल गरेको दिनदेखि नै लगातार सुधारका काम गरिरहेको उहाँको भनाइ छ ।

लामिछानेले भन्नुभएको छ, ‘धेरै काम हुँदैछन् । थोरै धैर्य गरिदिनु भए पुग्छ ।’ कतारका राजा शेख तमिम बिन हमाद अल थानीलाई नेपालमा स्वागत गर्न आज सरकारले सार्वजनिक बिदा दिएको छ ।

अन्तिम अपडेट: बैशाख २१, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया