आईपीएल : १३ वर्षका खेलाडी एक करोड १० लाख भारुमा अनुबन्ध
मंसिर ११, २०८१ मंगलबार
काठमाण्डौ – २०७२ साल वैशाख १२ गते गोरखाको बारपाकलाई केन्द्रविन्दु बनाएर भूकम्प गएको सम्झनामा भूकम्पीय जोखिम न्यूनिकरणका लागि सचेतना फैलाउन आज बृहत फोटो प्रदर्शनी हुँदैछ । ‘विगतबाट पाठ सिकौँ, भूकम्पप्रति सचेत बनाँै’ भन्ने नारासहित खानी तथा भूगर्भ विभाग, राष्ट्रिय भूकम्प मापन तथा अनुसन्धान केन्द्रको आयोजना तथा महिला पत्रकारको संस्था ‘संवाहिका समाज नेपाल’को सह–आयोजनामा बृहत फोटो प्रदर्शनीको आयोजना गरिएको हो ।
खानी तथा भूगर्भ विभाग, लैनचौर परिसरमा प्रदर्शनी हुँदैछ । गोरखा भूकम्प तथा विभिन्न अरु जिल्लाहरु डोटी, बझाङ्ग, जाजरकोटमा गएका भूकम्पबाट भएको क्षति तथा मानव समाज र भूगोलमा आएको परिवर्तनका दृष्यहरु समावेश गरी फोटो प्रदर्शनी गर्न लागिएको हो ।
२०७२ साल वैशाख १२ गते ११ बजेर ५६ मिनेटमा ७ दशमलव ८ रेक्टर स्केलको भुकम्प गएको थियो । यो १९९० सालको महाभूकम्पपछि नेपालमा गएको सबैभन्दा ठूलो भूकम्प मानिन्छ । झण्डै ९ हजार मानिसले यो भूकम्पमा ज्यान गुमाएका थिए । आठ लाखभन्दा धेरै भौतिक संरचनाको क्षति भएको थियो । भूकम्पमा २२ हजार भन्दा धेरै मानिस घाइते भएका थिए ।
विगत केही वर्षयता मुख्यगरी नेपालको पश्चिमी क्षेत्रमा पटक पटक भूकम्पको धक्का महसुस गरिएको छ । गएको कात्तिक १७ गते जाजरकोटको रामीडाँडा केन्द्रविन्दु भएर भूकम्प गएको थियो । जाजरकोट भूकम्पमा एक सय ५६ जनाले ज्यान गुमाएका छन् ।
जाजरकोट, रुकुम पश्चिमसहितका जिल्लामा अहिले पुनर्निर्माण तथा पुर्नस्थापनाको काम भैरहेको छ । भूकम्पको पूर्वानुमान गर्न सकिँदैन तर भूकम्पबाट हुने क्षतिलाई विगतबाट पाठ सिकेर न्यूनिकरणका उपायहरु अपनाउन सकिन्छ ।
उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटर र यूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।