आज पनि बिहानैदेखि गर्मी, केही ठाउँमा हावाहुरीको सम्भावना

 बैशाख १७, २०८१ सोमबार ७:५४:४५ | उज्यालो सहकर्मी
unn.prixa.net

प्रतीकात्मक तस्बिर

काठमाण्डौ – काठमाण्डौ उपत्यकासहित पहाडी र तराई भेगमा आज पनि बिहानैदेखि गर्मी छ । तराईका केही ठाउँमा तापक्रम ४० डिग्री सेल्सियसभन्दा माथि पुगेको छ । तत्काल पानी पर्ने सम्भावना नभएको, तर कोशी, गण्डकी, कर्णाली र  सुदूरपश्चिम प्रदेशका पहाडी  भेगका एक दुई ठाउँमा मेघगर्जन र चट्याङ्गसहित हल्का पानी पर्ने सम्भावना रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।

महाशाखाकाअनुसार लुम्बिनी, मधेश र कोशी प्रदेशका केही र बाँकी भूभागको थोरै ठाउँहरुमा आज हावाहुरीको सम्भावना रहेको छ ।

तराई मधेशका जिल्लामा अत्याधिक गर्मी र हिट वेभ अर्थात तातो लहरको सम्भावना रहेकाले सचेतना अपनाउन जल तथा मौसम विज्ञान विभागले यसअघि नै अनुरोध गरेको छ ।

आउँदो शुक्रवारसम्म नै पश्चिममा कञ्चनपुरदेखि पूर्वमा सप्तरीसम्म देशको दक्षिणी भागका जिल्लामा तातो हावा र तातो लहर (हिट वेभ) चल्न सक्ने विभागले चेतावनी दिएको हो । दक्षिणी भूभागमा पर्ने चितवन र नवलपरासी पश्चिममा भने तातो लहरको जोखिम कम छ ।

विभागले तातो हावा तथा तातो लहरबाट बच्न बढी गर्मीको समयमा घरभित्र अर्थात चिसो ठाउँमा बस्न, बाहिरी वातावरणमा बढी नजान, घाममा बढी नदेखिन, हलुका र सुतीका लुगा लगाउन, बाहिर निस्कँदा टाउको छोप्न, टोपी लगाउन, नियमित र पटक पटक पानी तथा झोल पदार्थ पिउने सुझाव दिएको छ ।  

अन्तिम अपडेट: जेठ १, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया