काभ्रेको रोशीमा वनको डढेलोबाट क्षति : १५ वटा घर र १० वटा गोठ जले

 बैशाख १९, २०८१ बुधबार ७:६:३५ | उज्यालो सहकर्मी
unn.prixa.net

फाइल तस्बिर

काठमाण्डौ – काभ्रेपलाञ्चोकको रोशी गाउँपालिका वडा नम्बर–४ सानोपोटा गाउँमा आगलागी हुँदा १५ वटा घर जलेका छन् । नजिकको सामुदायिक वनबाट फैलिएको डढेलोबाट भएको आगलागीमा १५ घर र १० वटा गोठ जलेका रोशी गाउँपालिका अध्यक्ष दिनेश लामाले जानकारी दिनुभयो ।

महादेवटार सामुदायिक वनमा लागेको डढेलो सानोपोटा गाउँमा फैलिएको हो । नेपाली सेना, प्रहरी र स्थानीय बासिन्दाको टोलीले बस्तीको आगो निभाएका छन् । वनको डढेलो निभिसकेको छैन । जिल्ला प्रहरी कार्यालय काभ्रेपलाञ्चोकका प्रहरी नायब उपरीक्षक राजकुमार श्रेष्ठका अनुसार क्षतिको विवरण सङकलन तथा डढेलो निभाउने काम भैरहेको छ ।

अन्तिम अपडेट: जेठ ८, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया