ललितपुरको वनमा डढेलो निभाउने क्रममा घाइते अर्का एकजनाको पनि ज्यान गयो

 बैशाख १९, २०८१ बुधबार ९:५१:१६ | उज्यालो सहकर्मी
unn.prixa.net

प्रतीकात्मक तस्बिर

काठमाण्डौ –  ललितपुरको गोदावरी नगरपालिका–४ बडिखेलमा रहेको तपेश्वर सामुदायिक वनमा लागेको डढेलो निभाउने क्रममा घाइते भएका अर्का एकजनाको पनि उपचारका क्रममा ज्यान गएको छ ।

कीर्तिपुरको जलन अस्पतालमा उपचारका क्रममा स्थानीय रमेश पहरीको आज बिहान ज्यान गएको जिल्ला प्रहरी परिसर ललितपुरका प्रहरी उपरीक्षक तथा सूचना अधिकारी नरेशराज सुवेदीले जानकारी दिनुभयो ।

यसअघि हिजो स्थानीय शंकर पहरीको उपचारकै क्रममा ज्यान गएको थियो । हिजो दिउँसो डढेलो निभाउनेक्रममा रमेश र शंकर घाइते हुनुभएको थियो ।

वनमा फैलिएको डढेलो अझै नियन्त्रणमा आइसकेको छैन । तर बस्तीमा फैलिने जोखिम टरेको र आवश्यक सतर्कता अपनाएको प्रहरीको भनाइ छ ।

अन्तिम अपडेट: जेठ ६, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया