'भिजिबिलिटी' नपुग्दा बन्द भएको पोखरा अन्तर्राष्ट्रिय विमानस्थल खुल्यो

 बैशाख २०, २०८१ बिहिबार १२:२:३६ | उज्यालो सहकर्मी
unn.prixa.net

फाइल तस्बिर

कास्की – बाक्लो तुवाँलोका कारण ‘भिजिबिलिटी’ नपुग्दा बन्द भएको पोखरा अन्तर्राष्ट्रिय विमानस्थल खुलेको छ ।

चार दिनदेखि रोकिएकाे उडान आज बिहानदेखि नियमित भएकाे बुद्ध एअरका सूचना अधिकारी दीपेन्द्रकुमार कर्णले जानकारी दिनुभयो । चार दिनमा दुई दिन कुनै पनि उडान भएनन् भने दुई दिन आंशिक मात्रै उडान भएका थिए । मौसममा सुधार आएसँगै 'भिजिबिलिटी' पुगेकाले आज बिहानैदेखि उडान नियमित भएका उहाँले बताउनुभयो ।

पोखरा आसपासका क्षेत्रमा डढेलो लागेको र तुवाँलोका कारण 'भिजिबिलिटी' नपुग्दा विमानस्थल बन्द भएको थियाे । चार दिनसम्म उडान नहुँदा यात्रुले वैकल्पिक मार्ग प्रयोग गरेका  थिए ।

अन्तिम अपडेट: जेठ २, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया