३ सय ४६ वर्ष पुरानाे थँथु दरबारकाे शिलान्यास

 बैशाख २५, २०८१ मंगलबार १५:२०:१५ | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाण्डाै – भक्तपुर दरबार क्षेत्रमा रहेको भक्तपुर नगरपालिकाको पुरानो भवन रहेको थँथु दरबारको शिलान्यास भएको छ ।

नेपाल मजदुर किसान पार्टीका सचिव एवम् सांसद प्रेम सुवालले सोमवार एक कार्यक्रमबीच भक्तपुर नगरपालिकाद्वारा निर्माणाधीन तीन सय ४६ वर्ष पुरानो थँथु दरबारको शिलान्यास गर्नुभएको हो । शिलान्यास कार्यक्रममा बोल्दै उहाँले भक्तपुर दरबार क्षेत्रमा रहेको ९९ चोक उत्खननको विषयलाई निरन्तरता दिँदै लानुपर्नेमा जोड दिँदै पुराना संरचनाहरू बलियो भए पनि धेरै वर्ष पुरानो हुँदा स–साना भूकम्पले पनि क्षति पुर्‍याउनेतर्फ सम्बन्धित निकायले समयमै ध्यान दिनुपर्ने बताउनुभयो ।

कार्यक्रममा थँथु दरबार पुनर्निर्माण निर्देशक समितिका संयोजक एवम् भक्तपुर नगरपालिकाका मेयर सुनिल प्रजापतिले सम्पदा पुनर्निर्माणमा मौलिक स्वरूप कायम गर्न स्थानीयबाट गठित उपभोक्ता समितिलाई नै पुनर्निर्माणको जिम्मेवारी दिने कानुन निर्माण हुनु आवश्यक भएको बताउनुभयो ।

अन्तिम अपडेट: जेठ ६, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया