'भेप' लाई प्रतिबन्ध लगाउने सरकारकाे तयारी

 बैशाख २६, २०८१ बुधबार १८:१३:२२ | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाण्डाै – सरकारले विद्युतीय चुरोट अर्थात् 'भेप' लाई प्रतिबन्ध लगाउने तयारी गरेको छ । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयको राष्ट्रिय स्वास्थ्य शिक्षा, सूचना तथा सञ्चार केन्द्रले पत्राचार गरेसँगै वाणिज्य, आपूर्ति तथा उपभोक्ता संरक्षण विभागले प्रतिबन्ध लगाउने तयारी गरेको हो ।

स्वास्थ्य मन्त्रालय अन्तर्गतको विभागले कानुनमा यसअघि नै रहेको व्यवस्था कार्यान्वयनका लागि पत्राचार गरेको बताएको छ भने उपभोक्ता संरक्षण विभागले पत्राचारलाई कार्यान्वयन गर्ने बताएको हो । भारतसहित विश्वका धेरै देशले भेपमाथि प्रतिबन्ध लगाएका छन् । स्वास्थ्य शिक्षा, सूचना तथा सञ्चार केन्द्रले नेपालमा विशेषगरी युवा र बालबालिकामा भेपको प्रयोग बढ्दो रहेको र यसले स्वास्थ्यमा पार्ने असरलाई ख्याल गरेर प्रतिबन्धका लागि पहल गरिएको जनाको छ ।

गएको वर्ष नेपालमा २८ लाख भेप आयात भएको भन्सार विभागको तथ्याङ्क छ । भेपमा स्वादका लागि प्रयोग हुने रसायनहरू मानिसकाे स्वास्थ्यका लागि हानिकारक हुने विश्व स्वास्थ्य सङ्गठनले जनाएको छ । यस्तै धेरैजसो भेपमा निकोटिन पनि हुन्छ ।

अन्तिम अपडेट: जेठ ६, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया