कोरोनाकालमा अनलाइनमार्फत कक्षा लिएकालाई काउन्सिलले मान्यता दिने

 बैशाख २६, २०८१ बुधबार १८:१९:२५ | रासस
unn.prixa.net

तस्बिर : सामाजिक सञ्जाल

काठमाण्डाै – नेपाल मेडिकल काउन्सिलले कोरोना महामारीको समयमा नेपालमा बसेर छ महिनासम्म विदेशका शिक्षण संस्थामा अनलाइनमार्फत कक्षा लिएका विद्यार्थीलाई मान्यता दिने भएको छ ।

काउन्सिलले कोरोना महामारीको समयमा अनलाइनमार्फत विदेशका शिक्षण संस्थामा चिकित्सा शिक्षा स्नातक (एमबीबीएस तथा बीडीएस) अध्ययन गरेका विद्यार्थीलाई सहजीकरणका लागि मान्यता दिने निर्णय भएको काउन्सिलका अध्यक्ष प्राध्यापक डा. चोपलाल भूसालले जानकारी दिनुभयो ।

उहाँले चिकित्सा शिक्षा प्राविधिक शिक्षा भएकाले छ महिनाभन्दा बढी अनलाइनमार्फत कक्षा लिएका विद्यार्थीलाई जति समय अनलाइन कक्षा लिएको हो त्यति नै समय यहाँका एक सय शय्याभन्दा बढी अस्पतालमा तालिम लिनुपर्ने बताउनुभयो ।

अन्तिम अपडेट: जेठ ६, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया