आज अन्तर्राष्ट्रिय नर्स दिवस

 वैशाख ३०, २०८१ आइतबार ९:९:० | उज्यालो सहकर्मी
unn.prixa.net

फाइल फाेटाे

काठमाण्डौ – आज अन्तर्राष्ट्रिय नर्स दिवस नेपालमा पनि विभिन्न कार्यक्रम गरी मनाइँदैछ । 'नर्सहरू नै भविष्य हुन् र स्वास्थ्य स्याहारको वित्तीय शक्ति पनि नर्सहरूसँगै छ' भन्ने नाराका साथ दिवस मनाउन लागिएको हो ।

दिवसको अवसरमा नेपालका नर्सिङ्ग कलेज तथा सम्बन्धित संघसंस्थाले कार्यक्रम गर्दैछन् । 'लेडी विथ द ल्याम्प'को उपनामले चिनिने फ्लोरेन्स नाइटिंगेलको जन्मदिन अर्थात् हरेक वर्ष मे १२ तारिखका दिन यो दिवस मनाउने गरिन्छ । नाइटिंगेलको जन्म सन् १८२० मे १२ मा इटालीको फ्लोरेन्समा भएको थियो ।

जर्मनीमा नर्सिङ तालिम गरेकी उनलाई क्राइमिया युद्धका क्रममा सन् १८५३ मा टर्कीको सैन्य अस्पतालमा पठाएको थियो । टर्कीमा सैनिकको हेरचाह तथा स्याहार गरिएकोे त्यो पहिलो पटक थियो । सन् १९१० मा नाइटिंगेलको ९० वर्षको उमेरमा निधन भयो । सन् १९७४ मा अन्तर्राष्ट्रिय नर्सिङ काउन्सिलले हरेक मे १२ तारिखलाई अन्तर्राष्ट्रिय नर्स दिवसका रूपमा मनाउने घोषणा गरेको थियो ।

सुरक्षित कार्यस्थल, गुणस्तरीय नर्सिङ सेवा, रोजगारीको ग्यारेन्टीजस्ता विषय अहिले पनि उठ्ने गरेका छन् । विभिन्न निजी अस्पतालले नर्सलाई श्रम शोषण गरेको, महिनौसम्म पारिश्रमीक नदिने गरेको यो पेशामा लाग्नेको गुनासो छ । कामका लागि स्वदेशमाभन्दा विदेशमा नेपाली नर्सको माग बढ्दो हुँदा नर्स  विदेशीने क्रम पनि बढेको छ ।

अन्तिम अपडेट: मंसिर ८, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया