दाङको बबई नदीमा डुबेर दाजुभाइको ज्यान गयो

 जेठ २, २०८१ बुधबार ९:२९:२ | उज्यालो सहकर्मी
unn.prixa.net

प्रतीकात्मक तस्बिर

काठमाण्डौ – दाङको बबई नदीमा पौडी खेल्ने क्रममा डुबेर दाजु भाइको ज्यान गएको छ । बबई गाउँपालिका–७ ओदाले घाटमा पौडी खेल्ने क्रममा १८ वर्षका दीपक परियार र १६ वर्षका दिपेश डुबेका थिए । अस्ति सोमवार भारतबाट फूपूको घर बबई आएका दाजुभाइको हिजो नदीमा डुबेर ज्यान गएको इलाका प्रहरी कार्यालय खिलतपुरका प्रहरी निरीक्षक अजयजङ्ग थापाले बताउनुभयो ।

दीपकको उपचारका क्रममा प्रादेशिक अस्पताल तुलसीपुरमा र दिपेशको पौडी खेल्नेक्रममै ज्यान गएको प्रहरी निरीक्षक थापाले बताउनुभयो । उनीहरुको परिवार कामको सिलसिलामा भारतमा बस्ने गरेका छन् ।

अन्तिम अपडेट: भदौ १९, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया