काठमाण्डौ महानगरकाे निःशुल्क सीप तालिम लिन ६८ हजार जनाभन्दा धेरैको आवेदन

 जेठ २, २०८१ बुधबार १२:१४:१४ | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाण्डौ – काठमाण्डौ महानगरपालिकाले आयोजना गरेको निःशुल्क सीप तालिम लिन ६८ हजार आठ सय ६६ जनाले आवेदन दिएका छन् । त्यसमध्ये टुँडिखेलमा चलिरहको सीप मेलाका लागि मात्रै ४३ हजार ५८ जनाले आवेदन दिएका महानगरले जनाएको छ ।

दुई हजार ८१ जनालाई तालिमसँगै रोजगारी दिने लक्ष्यसहित गएको वैशाख १९ गतेदेखि शुरु भएको मेलामा निःशुल्क तालिम लिन इच्छुकका लागि महानगरले आवेदन आह्वान गरेको थियो । टुँडिखेलमा चलिरहेको सीप मेलामा विभिन्न १० क्षेत्रका ३० वटा विधामा सीप तालिम भइरहेको छ ।

महानगर गौरव योजनाअन्तर्गत चालु आर्थिक वर्षमा १५ हजार जनालाई निःशुल्क तालिम दिने र तालिम लिएकामध्ये पाँच हजार जनालाई रोजगार वा स्वरोजगारमा आबद्ध गराउने लक्ष्य रहेको शहरी योजना आयोगका सदस्य इन्जिनियर शैलेन्द्र झाले जानकारी दिनुभयो ।

अन्तिम अपडेट: साउन ११, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया