आज अन्तर्राष्ट्रिय परिवार दिवस मनाइँदै

 जेठ २, २०८१ बुधबार १२:२६:२० | उज्यालो सहकर्मी
unn.prixa.net

प्रतीकात्मक तस्बिर

काठमाण्डौ – आज अन्तर्राष्ट्रिय परिवार दिवस नेपालमा पनि मनाइँदै छ । परिवार दिवसको यस वर्षको नारा ‘विविधतालाई सुदृढ पार्दै परिवारहरूलाई बलियो बनाउँ’ रहेको छ । हरेक वर्ष मे १५ तारिखका दिन यो दिवस मनाइन्छ । एउटा व्यक्तिको जीवनमा परिवारको भूमिका र महत्त्वलाई स्मरण गरी दिवस मनाउने गरिएको छ ।

संयुक्त राष्ट्र सङ्घले सन् १९९४ लाई परिवार वर्षको रूपमा घोषणा गरेयता विश्वभर परिवार, व्यक्ति, समाज र संस्कृतिको महत्त्व दर्शाउन दिवसकै रूपमा मनाउने गरिएको हो । विश्वका धेरै क्षेत्रमा परिवारको संरचना र स्थायित्वमा प्रभाव पार्दै आएको सामाजिक, आर्थिक संरचनामा परिवर्तन गर्ने यसको मुख्य उद्देश्य छ ।

नेपालमा परिवारको महत्त्व समाजको संरचनामा जोडिएको छ । नेपाली संस्कृतिले पारिवारिक सद्भाव, ज्येष्ठ नागरिकको सम्मान र सामूहिक निर्णयमा जोड दिन्छ । बढ्दो आधुनिकता अनि विकासक्रमसँगै पारिवारिक मूल्य, मान्यता र अवधारणाहरू घट्दै गएका विज्ञहरू बताउँछन् । जीविकोपार्जन र कमाइका लागि युवा पलायन हुने क्रम सँगै परिवार र सामाजिक भावनामा नकारात्मक असर पनि पर्न थालेकोतर्फ ध्यान दिनुपर्नेमा उनीहरूको जोड छ ।

राष्ट्रिय जनगणना–२०७८ को तथ्याङ्कअनुसार नेपालको कुल जनसङ्ख्या दुई करोड ९१ लाख तथा नेपालमा अक्सर बसोबास गर्ने परिवारको सङ्ख्या ६७ लाख ६१ हजार रहेको छ ।

अन्तिम अपडेट: साउन ११, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया