चौथो शिविरभन्दा माथि मौसम बिग्रँदा सगरमाथा आरोहण रोकियाे

 जेठ २, २०८१ बुधबार १५:७:१७ | उज्यालो सहकर्मी
unn.prixa.net

फाइल फाेटाे

काठमाण्डाै – सगरमाथाको चौथो शिविरभन्दा माथिको मौसम प्रतिकूल बनेका कारण सगरमाथा आरोहण रोकिएको छ । मौसम खराब भएकाले हिजो कुनै पनि आरोहण नभएको र आज पनि नहुने पर्यटन विभागका निर्देशक राकेश गुरुङले जानकारी दिनुभयो ।

गएको शुक्रवार बाटो बनाउने टोलीले शिखरसम्म बाटो बनाएपछि आरोहण शुरु भएको थियो । तीन दिनमा झन्डै एक सय जना शिखरमा पुगेका र अहिले मौसमका कारण रोकिएको निर्देशक गुरुङले बताउनुभयो । मौसम अनुकूल बन्नासाथ फेरि आरोहीहरू शिखरतर्फ जानेछन् । यस वर्ष सगरमाथा आरोहणका लागि चार सय १४ जनाले अनुमति लिएका छन् ।

यसैबीच सगरमाथा आरोहणका क्रममा चौथो शिविरभन्दा माथि हराएका मङ्गोलियाका दुई जना आरोहीको खोजी पनि प्रभावित भएको छ । खोजीका लागि हिजो नै दुई जना शेर्पा पठाएकोमा उनीहरू चौथो शिविरमै रोकिएका विभागका निर्देशक राकेश गुरुङले जानकारी दिनुभयो ।

अन्तिम अपडेट: साउन ११, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया