सहकारी ठगीमा संसदीय छानबिन समिति गठनकाे माग गर्दै नेविसङ्घकाे प्रदर्शन

 जेठ २, २०८१ बुधबार १५:१६:२१ | उज्यालो सहकर्मी
unn.prixa.net

तस्बिर : सामाजिक सञ्जाल

काठमाण्डाै – सहकारी ठगी प्रकरणमा उपप्रधान एवम् गृहमन्त्री रवि लामिछानेमाथि संसदीय छानबिन समिति गठनको माग गर्दै नेपाली कांग्रेसको भातृ सङ्गठन नेपाल विद्यार्थी सङ्घले प्रदर्शन गरेको छ ।

नेविसङ्घका कार्यकर्ताले आज बिहान त्रिचन्द्र क्याम्पस अगाडि प्रदर्शन गरेका हुन् । उनीहरूले पीडितलाई न्याय दिनुपर्ने माग गरेका छन् । हातमा पोस्टरसहित प्रदर्शनमा सहभागी भएकाहरूले गृहमन्त्रीविरुद्ध चर्काे नाराबाजी पनि गरेका छन् ।

यसअघि हिजो कांग्रेस भातृ सङ्गठन महिला सङ्घले सहकारी ठगी प्रकरणमा गृहमन्त्रीमाथि छानबिनको माग गर्दै प्रदर्शन गरेको थियो ।

नेपाली कांग्रेसले यस प्रकरणमा गृहमन्त्री लामिछानेमाथि संसदीय छानबिन समितिको माग गर्दै संसद् अवरुद्ध गर्दै आएको छ ।

अन्तिम अपडेट: साउन ९, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया