दीपेन्द्रसिंह ऐरी टी–२० अलराउन्डर वरीयताको शीर्ष १० मा

 जेठ २, २०८१ बुधबार १५:४६:१२ | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाण्डाै – नेपाली राष्ट्रिय क्रिकेट टोलीका सदस्य दीपेन्द्रसिंह ऐरी टी–२० क्रिकेट विश्व वरीयताको अलराउन्डरतर्फ शीर्ष १० मा परेका छन् ।

अन्तर्राष्ट्रिय क्रिकेट काउन्सिल (आईसीसी) ले आज सार्वजनिक गरेको वरीयतामा दीपेन्द्र एक स्थान सुधार गर्दै १० औँ स्थानमा आइपुगेका हुन् । उनी टी–२० अलराउन्डरको वरीयतामा एसोसिएट राष्ट्रतर्फ पहिलो नम्बरमा छन् । दीपेन्द्र यसअघि टी–२० वरीयताको अलराउन्डरतर्फ ११ औँ स्थानमा थिए ।

यस्तै टी–२० वरीयताको अलराउन्डरतर्फ कुशल मल्ल ३३ औँ र गुल्सन झा ६१ औँ स्थानमा यथावत् रहँदा कप्तान रोहितकुमार पौडेल एक स्थान तल झर्दै ६६ औँ स्थानमा छन् । यसैगरी करण केसी एक स्थान सुधार गर्दै ७४ औँ स्थानमा उक्लिएका छन् ।

टी–२० वरीयताको ब्याटिङतर्फ दीपेन्द्र ५० औँ स्थानमा यथावत् छन् । यस्तै कप्तान रोहित तीन स्थान तल झर्दै ६१ औँ स्थानमा छन् । यस्तै आसिफ शेख एक स्थान तल झर्दै ८७ औँ स्थानमा छन् ।

टी–२० वरीयताको बलिङतर्फ सोमपाल कामी ९२ औँ स्थानमा यथावत् छन् । टी–२० वरीयतामा नेपाल एक स्थान तल झर्दै १७ औँ स्थानमा छ ।

अन्तिम अपडेट: साउन ११, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया