'न्युजक्लिक' का प्रधानसम्पादक पुरकायस्थलाई रिहा गर्न भारतकाे सर्वोच्च अदालतको आदेश

 जेठ २, २०८१ बुधबार १८:३९:५५ | एजेन्सी
unn.prixa.net

भारतीय सर्वोच्च अदालतले अनलाइन समाचार पोर्टल 'न्युजक्लिक' का संस्थापक तथा प्रधानसम्पादक प्रबीर पुरकायस्थलाई रिहा गर्न आदेश दिएको छ ।

दिल्ली प्रहरीले गैरकानुनी रूपमा पक्राउ गरी हिरासतमा राखेको भन्दै आज सर्वोच्च अदालतले पुरकायस्थलाई रिहा गर्न आदेश दिएको बीबीसी हिन्दीले जनाएको छ । न्यायाधीशहरू बीआर गवई र सन्दीप मेहताको संयुक्त इजलासले पक्राउ गर्ने बेलामा प्रहरीले कुनै आधार नबताएका उल्लेख गरेको छ ।

पुरकायस्थलाई गएको अक्टोबरमा चीनबाट अवैध सहयोग लिएको आरोपमा यूएपीए कानुनअन्तर्गत भन्दै प्रहरीले पक्राउ गरेको थियो । पुरकायस्थले आफ्नो पक्राउ गैरकानुनी भएको भन्दै सर्वोच्चमा निवेदन दिनुभएको थियो ।

पुरकायस्थसहित न्युजक्लिकका प्रशासनिक प्रमुख अमित चक्रवर्तीलाई दिल्ली प्रहरीको स्पेसल सेलले पक्राउ गरेको थियो । न्युयोर्क टाइम्समा छापिएको एक समाचारका आधारमा चीनबाट अवैध रूपमा सहयोग लिएको भन्दै भारतीय प्रहरीले उनीहरूलाई पक्राउ गरेको थियो ।

न्युयोर्क टाइम्सले चीन सरकारले प्रोपोगान्डा फैलाउन न्युजक्लिक अनलाइन पोर्टललाई पैसा दिएको दाबी गरेको थियो ।

अन्तिम अपडेट: साउन १०, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया