भारतले २६ वटा राफेल लडाकू विमान खरिद गर्न फ्रान्ससँग सम्झौता ...
बैशाख १५, २०८२ सोमबार
काठमाण्डाै – हङकङसँगको अन्तर्राष्ट्रिय मैत्रीपूर्ण खेल र लाओससँगको एएफसी एशियन कप छनोटका लागि नेपालको प्रारम्भिक टोली घोषणा भएको छ ।
राष्ट्रिय पुरुष टोलीका मुख्य प्रशिक्षक म्याट रसले हङकङ र लाओससँगको खेलका लागि आज ३० सदस्यीय प्रारम्भिक टोली घोषणा गरेका अखिल नेपाल फुटबल सङ्घ (एन्फा) ले जनाएको छ ।
नेपालले हङकङसँग जुन ५ मा मैत्रीपूर्ण खेल र एशियन कप छनोटमा जुन २० मा लाओससँग खेल्दैछ । नेपालले ३७ वर्षपछि हङकङसँग अन्तर्राष्ट्रिय मैत्रीपूर्ण फुटबल खेल्न लागेको हो । यसअघि
नेपाल र हङकङले सन् १९८८ मा एएफसी एशियन कपमा प्रतिस्पर्धा गरेको थिए । त्यो खेल गोलरहित बराबरीमा सकिएको थियो । यस्तै नेपालले पछिल्लो पटक गएको मार्च २५ मा एशियन कप छनोटमा घरेलु टोली मलेशियासँग खेलेको थियो । त्यो खेलमा नेपाल २–० गोलले पराजित भएको थियो ।
यस्तो छ टोली–
अभिषेक लिम्बु, अमृत श्रेष्ठ, अनन्त तामाङ, अञ्जन विष्ट, अञ्जल श्रेष्ठ, एरिक विष्ट, आयुष घलान, विमल पाण्डे, विशाल सुनार (गोलकीपर), दीप कार्की (गोलकीपर), जिलेस्पी जङ्ग कार्की, किरण चेम्जोङ (गोलकीपर), कृतिश छुन्जु, कुलदीप कार्की, कुशल देउवा, लेकेन लिम्बु, मनिकुमार लामा, मनिष डाँगी, निरञ्जन धामी, रोहन कार्की, रोहित चन्द, सनिश श्रेष्ठ, सन्तोष खत्री, सृजन राई, सुदीप गुरुङ, सुमन श्रेष्ठ, सुमित श्रेष्ठ, सुरज ज्यु ठकुरी, सुवास ठकुरी बम र योगेश गुरुङ ।
उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटर र यूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।