चैतमा देशभर झन्डै १० हजार मुद्दा दर्ता

 वैशाख १५, २०८२ सोमबार १५:८:११ | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाण्डाै – गएको चैत महिनामा देशभर ४ हजार ९ सय १५ वटा मुद्दा दर्ता भएका छन् । नेपाल प्रहरीले सार्वजनिक गरेको तथ्याङ्कानुसार चैतमा सबैभन्दा धेरै काठमाण्डौ उपत्यका १ हजार २ सय ६९ वटा मुद्दा दर्ता भएका छन् ।

यस्तै प्रदेशगत रूपमा मधेशमा सबैभन्दा धेरै ८ सय ८९ वटा र कर्णालीमा सबैभन्दा कम १ सय ६२ वटा मुद्दा दर्ता भएका छन् । यसैगरी कोशीमा ७ सय ७२, बाग्मतीमा ४ सय ८५, गण्डकीमा ३ सय ६७, लुम्बिीमा ६ सय २२ र सुदूरपश्चिमा ३ सय ४९ वटा मुद्दा दर्ता भएको प्रहरीको तथ्याङ्क छ ।

चैत महिनामा सबैभन्दा धेरै सबैभन्दा धेरै बैंकिङ कसूरमा १ हजार ९५ वटा मुद्दा दर्ता भएका छन् । यो सङ्ख्या कुल मुद्दाको २२ दशमलव २८ प्रतिशत रहेको प्रहरीले जनाएको छ । यस्तै सार्वजनिक हित, स्वास्थ्य, सुरक्षा, सुविधा र नैतिकताविरुद्धका ६ सय ८१, आत्महत्याका ६ सय ३६, लागूऔषधका ४ सय ७४, चोरीका २ सय ९७, ठगीका १ सय ८३, सवारी ज्यानका १ सय ४९, ज्यान मार्ने उद्योगका १ सय १ र कर्तव्य ज्यान मुद्दाका ३९ वटा मुद्दा दर्ता भएका छन् ।

मुद्दा दर्ता दर फागुन महिनाको तुलनामा चैतमा १० प्रतिशतले बढेको प्रहरीले जनाएको छ । फागुनमा ४ हजार ४ सय ६८ वटा मुद्दा दर्ता भएको थियो ।

अन्तिम अपडेट: बैशाख १५, २०८२

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया